‘होलबडी’ चेकअपमा कुन-कुन जाँच गरिन्छ? कसरी गर्ने पूर्व तयारी?

हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य  संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन।

होलबडी चेकअप गर्न सरकारी हस्पिटल मा २०००-६५०० सम्म पर्न सक्छ भने निजी हस्पिटल मा ६५००-२०००० सम्म पर्न सक्छ।  

केके जाँ गरिन्छ?

तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छ:

रगतबाट गरिने जाँ:

-रक्त कण गणना  (कम्प्लिट ब्लड काउन्ट)

– रक्त समूह (ब्लड ग्रुप)

– सुगर  (फास्टिङ/पोस्टप्रान्डियल/रेन्डम)

– कलेजो (लिभर फंसन टेस्ट)

– मिर्गौला (रिनल फंसन टेस्ट)

– कोलेस्टेरोल (लिपिड प्रोफाइल)

– युरिक एसिड

– थाइराइड  (थाइराइड फंसन टेस्ट)

– भिटामिन डी

– हेपाटाइटिस बी / सी / एचआइभी / भिडिआरएल / टिपिएचए

 

पिसाबको जाँ: पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिन (अल्बुमिन) को मात्रा।

दिसाको जाँ: दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको।

फोक्सो (पल्मोनरी फंसन टेस्ट)

छातीको एक्सरे (सिएक्सआर-पिए)

को (इकोकार्डियोग्राफी)

भिडियो एक्सरे (पेट) (युएसजी-एब्डोमेन/पेल्भिस)

पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर

४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी

४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए)

होलबडी चेकअपका लागि पूर्वतयारी:

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको  दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवस्यक छ:

– जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८-१० घन्टा सुत्नुपर्छ।

– जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ।0 ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।

– विशेसगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८-१० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।

– कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ। भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।

– जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।

– जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ।

– पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

(डा. मैनाली लाइफ लाइन अस्पतालदमकझापाका प्याथोलोजिस्ट हुन्)-Swasthakhabar