अस्पतालमा तपाई असुरक्षित त हुनुहुन्न ? जान्नैपर्ने केही कुरा

अस्पताल आफैमा कति संवेदनशील छ भने, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । अस्पतालको पहिलो प्राथमिकता हो, रोगको निदान खोज्नु । रोगीलाई सही उपचार दिलाउनु ।

हामी स्वस्थ्य जीवन तथा प्राण रक्षाका लागि अस्पतालको शरणमा पुग्छौं । तर, अस्पताल आफैमा रोगी छ भने, त्यसले उपचार होइन, रोग बोकाएर फर्काइदिन्छ । अस्पतालले गर्ने सानोतिनो लापरबाहीले पनि ठूलो असर पुर्‍याउँछ । चिकित्सकको सानो असवाधानीले रोगीको ज्यान जाने खतरा रहन्छ । एक अनुमान अनुसार विकसित देशमा दशमध्ये एक जना बिमारी अस्पतालको लापरबाहीको सिकार बनिरहेका हुन्छन् ।

हामीकहाँ सधै बल्झिरहने घाउ हो, अस्पतालको लापरबाही । अस्पतालले गर्ने गल्तीकै कारण बिमारीले अकालमा ज्यान गुमाउनु परेको उदाहरण प्रशस्तै छन् । यस्तो अवस्थामा रोगीको सुरक्षालाई लिएर चर्को बहस हुनु स्वभाविक हो ।

अस्पतालमा रोगीको सुरक्षाको मुद्दा

– उपचारको क्रममा असवाधानी, लापराही वा गलत उपचार ।
– अस्पतालमा रोगीको भर्ना लिने क्रममा गरिने गल्ती । जस्तो कि स्वास्थ्य सेवा दिने क्रममा रोगी कुनै संक्रमणको चपेटामा पर्न सक्छन् ।
– गलत एवं कमसल औषधीको सिफारिस । अर्थात सही औषधी भएपनि गलत डोज दिने ।
– गलत शल्यक्रिय
– रोगको बारेका अपार्यप्त परामर्श । वा रोगको प्रकृति नबुझी गरिने उपचार ।

के कुरामा ख्याल राख्ने ?

– रोगीको पहिचान सुनिश्चित गरौं । रोगीको कोडिङ र लेभलिङ सही गरौं, ताकि उपचारमा गल्ती नहोस् । वा गलत रोगको उपचार नहोस् ।
– प्रेस्किप्सन लेख्दा संक्षिप्त रुपमा वा स्मल लेटर्सको प्रयोग नगरौं, ठूलो अक्षरमा बुझ्ने ढंगले लेखौं ।
– अस्पतालमा एक विशेष तालिम हुनुपर्छ, ताकि यस्तो गल्ती नहोस् ।
– अस्पतालको संरचना यस्तो होस कि, रोगीले असजिलो अनुभव गर्न नपरोस् । निर्देश वा चेतावनी संकेतबोर्ड जस्तो कि, बिलिङ काउन्टर, क्यास काउन्टर, रिसेप्सन, फार्मेसी, रेडियोलोजी, ल्याब आदि सही ढंगले राखौं । अर्थात रोगीले धेरै अलमल गर्न नपरोस् ।
– रोगीलाई भर्ना गर्दा वा सिफ्ट गर्दा खास ध्यान दिनुपर्छ ।
– रोगीको स्वास्थ्यको सुरक्षाका लागि उच्च दर्जाको सुविधा प्रदान गरौं ।

रोगीले आफ्नो सुरक्षाका लागि के गर्ने ?

– आफ्नो व्यक्तिगत जानकारी, जस्तो एलर्जी, खाने पिउने बानी, विगतमा गरेको कुनै शल्यक्रिया, मेडिकल हिस्ट्री अर्थात आफुले यसअघि गरिरहेको उपचार, खाइरहेको औषधी, शरीरको समस्या, दुखाई आदि प्रष्टसँग र बुझ्ने हिसाबले भन्नुपर्छ ।
– यदि चिकित्सकले गर्न लागेको उपचार वा दिन लागेको औषधी बुझिएको छैन भने, त्यसबारे प्रष्ट हुने । जथाभावी वा अन्धधुन्द उपचार नलिने ।
– उपचारका क्रममा केहि शंका लागेमा वा असहज भएमा अर्को चिकित्सकसँग परामर्श लिनुपर्छ ।
– चिकित्सले आफ्नो उपचारका लागि जुन प्रक्रिया अपनाउन लागिरहेका छन्, त्यसको नोक्सान वा फाइदाको बारेमा पनि पुरा जानकारी लिनुपर्छ । त्यससँग जोडिएको साइट इफेक्टको बारेमा स्पष्ट हुनुपर्छ ।

युनिभर्सल सावधानी

– रोगीको उपचार गर्ने क्रममा एप्रोन लगाउने ।
– हातको हाइजिनको ख्याल राख्ने, उपचार अघि हातलाई राम्ररी धोएर सेनिटाइज गर्ने ।
– जब आवश्यक पर्छ, तब सर्जिकल मास्क लगाउने ।
– उपयोगपछि दूषित सूई नष्ट गर्ने ।
– रोगीको उपचारपछि प्रयोग हुने उपकरण, कुनै दोस्रो रोगीलाई प्रयोग गर्नुअघि किटाणुरहित बनाउने ।
– शिष्टचार पालना गरौं ।